बागलुङ १ (२) मा कांग्रेसका दिल्लीराम सुवेदी विजयी



काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन् । नेकपा (एमाले)का कृष्ण राईलाई पराजित गर्दै चालिसे विजयी भएका हुन् ।

काठमाडौँ – बागलुङ क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका दिल्लीराम सुवेदी निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नवराज पौडेललाई ७०८७ मतान्तरले पराजित गरेका छन् ।


सुवेदीले १४ हजार ६१० मत प्राप्त गरे भने एमालेका पौडेलले ७ हजार ५२३ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटाले ६५५ र मंगोल नेशनल अर्गानाइजेशनका सहवीर थापाले २५७ मत प्राप्त गरेका छन् ।