काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेटमा पत्रकार सम्मेलन गर्न खोज्दा निहारिका सिंह राजपुतलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको छ ।
आरोपी शिवराज श्रेष्ठ र आफ्नो छोरोको डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गर्दै पत्रकार सम्मेलनका लागि बालुवाटार पुगेकी उनलाई प्रहरीले रोकेको हो ।
प्रहरीले निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न नपाइने भएकोले रोकेको जनाएको छ । बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । निहारिकालाई केहिबेर नियन्त्रणमा लिएर छाडिसकेको मैनाली को भनाइ छ ।
निहारिकाले आफूलाई अंश र नाता नचाहिएको तर आरोपीलाई बलात्कारको मुद्दामा कारबाही गर्नुपर्ने माग राखेकी छिन् ।
महोत्तरी जलेश्वरकी राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका(३ का शिवराज श्रेष्ठसँग मिलेको रिपोर्ट शुक्रबार सार्वजनिक भएको थियो ।