नेपाल टेलिकमको ‘इलेक्सन अफर’



काठमाडौँ । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ ।

यस अफर मार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ रुपैयाँमा उपलब्ध छ ।


यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याकजम्मा ४९ रुपैयाँ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यो अफर आज (२०७९ कात्तिक २७) देखि आगामी मंसिर ११गतेसम्म उपलब्ध हुनेछ । आगामी मंसिर ११गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकमएप’ प्रयोग गरी सो सुविध खरिद गर्न सकिन्छ ।