दाङ ३ (१) मा कांग्रेसका डिल्लीबहादुर विजयी



दाङ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए । उनीहरुका बीच पाँच हजार चारसयको मतान्तर रहेको छ ।


यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँच सय ७० मत खसेको थियो ।