तोसिमा कार्कीको उम्मेदवारी कायम, सर्वोच्च अदालतद्वारा अन्तरिम आदेशलाई निरन्तरता



काठमाडौँ । ललिपतपुर क्षेत्र नम्बर ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गर्न दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले तोसिमाको उमेदवारीलाई निरन्तरता दिने आदेश दिएको हो ।


आयोगले कार्की ‘लाभको पद’मा रहेको भन्दै उम्मेदावरी खारेज गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध कार्कीले अदालतमा रिट दायर गरेकी थिइन् ।

रिटमा प्रारम्भिक सुनुवाइ पछि न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशविरुद्ध आयोगले अन्तरिम आदेश खारेजीको निवेदन पेस गरेको थियो ।

सुनुवाइ पछि अदालतले एकल इजलासले जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिने भएको हो ।