ताप्लेजुङमा योगेश भट्टराईकाे शुरुवाती अग्रता



ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेका छन् । गणना भएको १ सय ९ मतमध्ये ४ मत बदर भएको छ ।


जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना शुरु गरिएको हो ।