जेरीको यथार्थ जीवनमा आधारित गीत ‘चोट’



काठमाडौँ । दोहोरी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवनमा आधारित गीत सार्वजनिक भएको छ ।

सिद्धकाली डिजिटलको प्रस्तुतीमा निरोज भट्टको नयाँ गीत ‘चोट’ सार्वनजिक भएको हो । गीतमा गायिका बबिता बानियाँ ’जेरी’को शब्द सिर्जना एवम् दोहोरी सर्जक विरही कार्कीको रचना छ । गीतमा राजु परियार र पूर्णकला बिसीको आवाज छ ।


गीतको म्युजिक भिडियोमा गायिका बबिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ । शुक्रबार मात्रै ’जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए ।