चुनावी सभामा पुगेका विरोध खतिवडामाथि हातपात



मकवानपुर । मकवानपुरको मनहरीमा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर –२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि दुर्व्यवहार भएको छ । 

मनहरी गाउँपालिका वडानम्बर –४ मा चुनावी कार्यक्रमका लागि जाने क्रममा मंगलबार पूर्वमन्त्री समेत रहेका नेता खतिवडामाथि ५० वर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।  


सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लने बित्तिकै दुई झापट हानेको खड्काले प्रहरीलाई बताएका छन्। 

खड्कालाई इलाका प्रहरी कार्यालय नेवारपानीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्‍याएको छ।उनलाई उम्मेदवारमाथि अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले जनाएको छ।