चितवन–२ मा कृष्णभक्त पोखरेलकाे अग्रता, रवि लामिछाने दोस्रो



चितवन । देशभर जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार चितवन–२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । पोखरेल ३ हजार ३३९ मत प्राप्त गरेर शीर्ष स्थानमा छन् ।

उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले २ हजार ७९२ मत ल्याएर दोस्रो स्थानमा छन् ।


त्यस्तै, सत्तागठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले २ हजार ८५६ मत प्राप्त गरेका छन् ।