चितवन-२ : एमालेका कृष्णभक्तकाे अग्रता कायमै, मतान्तर घटाउँदै रवि लामिछाने



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो मतान्तर घटाउँदै लगेका छन् । निकै पछि रहेका उनले पछिल्लो समय मतान्तर घटाएका हुन् ।

लामिछानेले ८२६ मत ल्याएका छन् । पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १५६६ तथाक कांग्रेसका उमेश श्रेष्ठले १३३४ मत ल्याएका छन् । यसअघि एमालेका उम्मेदवार लामिछानेभन्दा चार गुणा मतले धेरै थिए । हाल ग्रामिण क्षेत्रमा पर्ने इच्छाकामनामामा मतगणना भइरहेको छ । सहरी क्षेत्रमा लामिछानेले धेरै मत ल्याउने आँकलन गरिएको छ ।