काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालको अग्रता



काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले सात सय १६ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।

दुई हजार एक सय २३ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले प्राप्त गरेका छन् । उनले चार सय ९२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले चार सय ८२ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत खनालले बताइन् ।


काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।