काठमाडौँ-३ ‘ख’ मा कांग्रेसका विमल निर्वाचित



काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र ३ ‘ख’ मा नेपाली कांग्रेसका विमल ठकुरी निर्वाचित भएका छन् ।

ठकुरीले नेकपा एमालेका रमेश्वर फुयाललाई २,३७० मतले पराजित गरेका हुन् । ठकुरीले १० हजार६१७ मत पाएका छन् भने एमालेका फुयालले ८ हजार २४७ मत पाएका छन् ।