काठमाडौँ २ : प्रदेशसभा १ मा राप्रपाका सुनिल केसी विजयी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खाता खोलेको छ । काठमाडौँको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका उम्मेदवार सुनील केसी विजयी भएका छन् ।

केसीले ६ हजार ५९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याए । एक हजार ५२२ मतको अन्तरले केसी विजयी बनेका हुन् ।


यस क्षेत्रमा संघीय निर्वाचनमा पनि राप्रपा प्रतिस्पर्धी बनिरहेको छ । सो पार्टीकी उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई पछ्याइरहेकी छन् ।