काठमाडौँ-१ : प्रकाशमानलाई पछि पार्दै रवीन्द्रले बनाए अग्रता



काठमाडाैँ । काठमाडौँ-१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार मिश्रले २४१६ मत पाएका छन् भने सिंहले २३०२, एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।