कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी विजयी भएका छन् । अधिकारी १५ हजार ६९२ मतान्तरले विजयी भएका छन् । उनले ३४ हजार ६७५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनालले १८ हजार ९८३ मत ल्याएका सहायक निर्वाचन अधिकृत शान्तराज आचार्यले जानकारी दिए ।