कञ्चनपुरका दुई क्षेत्रमा कांग्रेस र एकमा एमाले अगाडि



कञ्चनपुर । तीन प्रतिनिधिसभा क्षेत्र रहेकोे कञ्चनपुरका दुई क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता कायम राखेका छन् । तीन हजार ८०१ मत गणना हुँदा तामाङले एक हजार ४३९ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरले ८६६ मत प्राप्त गरेकी छन् ।


कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता कायम राखेका छन् । तीन हजार दुई सय मत गणना हुँदा साउदले एक हजार तीन सय २७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले एक हजार दुई सय नौ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा नौ हजार ४४१ मत गणना हुँदा नेपाली कांग्रेसका रमेश लेखक चार हजार आठ सय ५९ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका निरु पालले दुई हजार छ सय ७९ मतसहित लेखकलाई पछ्याइरहेका छन् ।