एमालेका महासचिव शङ्कर पोखरेलद्वारा मतदान



दाङ । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भएको बताएका छन् ।

आज तुलसीपुर १८ विजौरीस्थित जनता संस्कृत माविमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भइसकेको छ, किनकी राजनीतिक परिवर्तनका लागि दलहरु बीच सहकार्य जरुरी हुन्थ्यो ।”


विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने र आफूहरु बलियो राष्ट्रियशक्ति निर्माणको अभियानमा रहेको उनको भनाइ छ । उनले निर्वाचनले मुलुकलाई नयाँ दिशातर्फ डो¥याउनेमा आफू विश्वस्त रहेको बताए ।