उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित



उदयपुर । उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । उनी १५ हजार २५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

रायमाझीका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८९२ मत प्राप्त गरे । पराजित भएका खतिवडा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रवक्तासमेत हुन् ।


उनी सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । बागी एम्मेदवार दिएका रामकुमार राईले १० हजार ३७९ मत पाए ।