ह्विलचियरबाट मेचीदेखि–महाकाली यात्रा सम्पन्न



बेदकोट । शारीरिक अशक्तता भएका एक युवकले ह्विलचियरमा मेची–महाकाली यात्रा पुरा गरेका छन् । इलामको इलाम नगरपालिकाका २५ वर्षीय सन्देश रम्तेलले ह्विलचियरबाट मेची–महाकाली यात्रा गरेका हुन् ।

असोज ३ गते संविधान दिवसका दिन मेची पुलबाट यात्रा सुरु गरेका रम्तेल मङ्गलबार पश्चिम महाकालीको कञ्चनपुरस्थित गड्डाचौकी पुगेका छन् । ‘शान्ति, प्रेम र मेलमिलाप’ भन्ने मूल नाराका साथ धार्मिक, पर्यटन प्रवद्र्धनका लागि ह्यिलचियरमा मेची–महाकाली यात्रा गरेको रम्तेलले बताए ।


“धार्मिक, पर्यटन प्रवद्र्धनका लागि यात्रा गरेको हुँ, यात्रा निकै कष्टपूर्ण भए पनि पूरा भएको छ,” उनले भने, “लुम्बिनी, पशुपतिनाथ र लारुम्बाको माटो लिएर विश्वका एक सय ७० देश पुग्ने लक्ष्य छ ।” मोटरसाइकल दुर्घटनामा परेका रम्तेलका दुवै खुट्टा काम गर्दैनन् ।