सर्वोच्चद्वारा राजु गुरुङको उम्मेदवारी खारेज



काठमाडौँ । सर्वोच्च अदालतले रुपन्देही २ का उम्मेदवार राजु गुरुङको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो।

सर्वोच्चले दुवै पक्षको छलफलपछि यो आदेश जारी गरेको हो । सत्ता गठबन्धनबाट रुपन्देही २ का उम्मेदवार बनेपनि उम्मेदवारी खारेज भएपछि गुरुङ सर्वोच्च पुगेका थिए। सर्वोच्चले यसअघि उनको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । अदालतको आदेशसँगै गुरुङको उम्मेदवारी खारेज भएको छ ।