विजय गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी



काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ ।

आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।


गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने भन्दै अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।