बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी छन् ।
४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकेको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको थियो । केही दिन यता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजीनामा दिन दबाब दिइरहेका थिए ।
नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र नै चुनाव हुने छ । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि लिज नै प्रधानमन्त्री रहने छिन् ।
बेलायतको इतिहासमा उनी सबैभन्दा थोरै समय प्रधानमन्त्रीको पदमा बसेर बाहिरिएकी छिन् । यसअघि सन् १८२७ सबैभन्दा थोरै समय ११९ दिनका लागि जर्ज क्यानिङ प्रधानमन्त्री रहेका थिए ।