काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले आज (आइतबार) बिहान सार्वजनिक गरेको हो।
आम निर्वाचनमा सहभागी राजनैतिक दलहरुले समानुपातिक तर्फको उम्मेदवारी असोज २ गते आयागेमा दर्ता गराएका थिए । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।
प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।
यस्तो छ नेकपा एमालेका समानुपातिक उम्मेदवारहरूको बन्दसूची :