म्यानमारको मध्य ‘म्यागवे’ क्षेत्रमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । थुगादी शिन उद्धार संस्थाका अनुसार स्थानीय समयअनुसार बिहान ५ :०० बजे ‘म्यागवे’ क्षेत्रको चोक टाउनशिपमा एक कारले सडकमा रोकेको १२ पाङ्ग्रे लरीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
उनले भने, “पाँच जनाको घटनास्थलमा नै र अन्य तीन जनाको अस्पतालमा मृत्यु भएको छ । चालकले मन्द निद्रामा उच्च गतिमा गाडी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।” थुगादी शिन उद्धार संस्थाका एक उद्धारकर्मीले सिन्ह्वासँग बताए अनुसार विवाहका लागि मिनीट्रकमा १९ जना सवार रहेको र मृत्यु हुनेमा छ जना महिला रहेको उहाँले जानकारी दिए ।