मोरङ क्षेत्र नम्बर २ बाट सुजाताले पाइन् टिकट, मिनेन्द्रले पाएनन्



काठमाडौँ । नेपाली कांग्रेसले यसपटक मोरङ क्षेत्र नम्बर २ बाट नेतृ सुजाता कोइरालाले टिकट दिएको छ ।

शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले बताएका छन् ।


सो क्षेत्रबाट ०७४ मा नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यमा जितेका थिए । रिजालले अघिल्लो चुनावमा एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए ।

कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । दुबैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो ।