बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट पाँच वर्षका लागि निस्कासित गर्ने कांग्रेसको निर्णय



काठमाडौँ । नेपाली कांग्रेसले पार्टी र गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि पार्टीबाट निस्कासित गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी निर्धारित समयमा पनि पार्टीको निर्देशन नमानेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवाहरुलाई कारबाही गरिएको जानकारी दिएका छन् ।


उनका अनुसार बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि पार्टीबाट निस्कासित गरिएको छ । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।