प्रतितोला २ सयले घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।


हिजो मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।