पद्मश्री साहित्य पुरस्कार ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान



काठमाडाैँ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गरेका हुन् ।

त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई प्रदान गरिएको छ । गत वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारको रूपमा उक्त पुरस्कार घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ । ला


खौँ मानिसलाई आँखाको ज्याति प्रदान गर्ने नेत्र चिकित्सक डा रुइतलाई उक्त पुरस्कार अध्यक्ष लामिछानेले प्रदान गरे । यस वर्षको पद्मश्री साधना सम्मान ३० को दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ ।

उनका सातवटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथा सङ्ग्रह प्रकाशित छन् । समाजिक यथार्थवादी कथा लेखेर नेपाली कथा साहित्यलाई समृद्ध बनाउनुभएकी कथाकार ठकुरीलाई अध्यक्ष लामिछानेले उक्त सम्मान प्रदान गरेका छन् । तीनै पुरस्कार राशि जनही रू तीन लाख रहेको छ ।