नेसपाको प्रतिबद्धतापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद् (पूर्णपाठसहित)



काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष डा बाबुराम भट्टराई लगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । ‘नेपाल समाजवादी पार्टीको दूरदृष्टि ! सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि !’ भन्ने मूल नारा रहेको छ ।


आइतबार सार्वजनिक तीन खण्डमा रहेको घोषणापत्रमा नेसपाले हालको निर्वाचन प्रणाली र शासकीय त्रुटिपूर्ण रहेको भन्दै त्रुटि नसच्चाएसम्म राजनीतिक स्थिरता, सुशासन र समृद्धि सम्भव नहुने उल्लेख गरेको छ । घोषणापत्रको खण्ड १ मा विचार र राजनीति – सुशासन र समृद्धि शीर्षकामा  नेपालमा विकास नहुनुका कारण र समस्याबारे उल्लेख गरिएको छ ।