नेपाली मूलकी परिजिताले जितिन् ‘द भ्वाइस’को ब्याटल राउण्ड



काठमाडौँ । नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’को ब्याटल राउण्ड जितेकी छन् । उनले कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका द मेरिलाइन्ड अन द बी गीजलाई हराउँदै ब्याटल राउण्ड जितेकी हुन् ।

द मेरिलाइन्ड अन द बी गीजमा दुई युवतीले डुअल प्रस्तुति दिएका थिए । उनीहरू तीनै जनाले ‘हाउ डीप इज योर लभ’ बोलको गीत गाएका थिए । जसमा परिजिताले उत्कृत्ट प्रस्तुति दिएकी छन् ।


कोच ब्लेक शेल्टनले कोच जोनलाई परिजिताको स्वर सशक्त रहेको बताउँदै उनलाई अगाडि बढाउन सुझाएका थिए । क्यामिला काबेलो र ग्वेन स्टेफानीले परिजिताको प्रस्तुति र व्यक्तित्व मन परेको भन्दै तारिफ गरेका थिए ।

त्यस्तै कोच जोनले परिजितालाई छनोट गर्दै भने, ‘परिजिताको आवाज राम्रो छ । उनको जादुमय प्रस्तुति छ । त्यसैले मैले परिजितालाई छनोट गरेँ ।’ ब्याटल राउण्ड जितेसँगै उनी नकआउट राउण्डमा प्रवेश गरेकी छन् ।

परिजिता ब्लाइन्ड अडिसनदेखि नै चर्चामा छिन् । गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ ।