काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नवौं महाधिवेशनबाट महासचिवमा नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन् । कपिलवस्तुमा भएको महाधिवेशनबाट उनी पुनः सर्वसम्मत महासचिव चयन भएका हुन् ।
महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य पनि चयन गरेको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । नेकपाको महाधिवेशन असोज २५ गतेदेखि कपिलवस्तुस्थित शिवगढीमा सुरू भएको थियो ।