टर्कीमा खानी विस्फोटमा मृत्यु हुनेको संख्या ४० पुग्यो



टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको विस्फेटमा परी आतइबार बिहानसम्ममा कम्तीमा पनि ४० पुगेको बताइएको हो ।

टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुकाअनुसार खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए ।


तीमध्ये आइतबारसम्म कम्तीमा पनि ४० जनाको ज्यान गएको मन्त्री सोइलुले खानी विस्फोटमा परेर अरु केही व्यक्ति अझै हराइरहेका पनि जानकारी दिएका छन् । दुर्घटनामा परी घाइते भएकाहरुको उपचार जारी रहेको बताइएको छ ।

खानीमा विस्फोट भएपछि आगा लागेको थियो । खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको थियो भने अरु केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो ।

सो क्षेत्रमा रहेका खानीहरुमा आवश्यका मात्रामा सुरक्षाको प्रबन्ध हुन सक्दा नागरिकको ज्यान जाने क्रम भने रोकिएको छैन ।