झापामा भतिजलाई गोली हानी भागेका काकाले गरे आफैंलाई गोली हानी आत्महत्या



झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ८ बैरातीस्थित स्कुल अगाडि एक पुरुषले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

गौरादह ८ बस्ने वीरन साहले आफैंले बोकेको पेस्तोलले गोली हानी आत्महत्या गरेका हुन् । उनले सुरुमा आफ्ना भतिज १४ वर्षीय बालकलाई गोली हानी घाइते बनाएका थिए ।


भतिज घाइते भए लगत्तै उनले आफैंले पेस्तोल कन्चटमा राखि गोली हानी हत्या गरेका थिए । घाइते १४ वर्षीय भतिजको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आत्महत्या गरेका साह पूर्वप्रहरी रहेको खुलेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।