गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्छ : अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन  । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रत्यक्षतर्फ उनले मनोनयन दर्ता गराएका  हुन्  ।

उम्मेदवारी दर्ता गराएपछि अधयक्ष नेपालले मुलुकमा राजनीतिक प्रणालीका साथै संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन जनताले सहयोग गर्ने विश्वास व्यक्त गरे  ।  


नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवारी दिएका  छन्  । पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नं १, पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगनाथ खतिवडा उदयपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिएको  पार्टीले जनाएको छ ।

संस्कृति नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८, सहरी विकासमन्त्री मेटमणि चौधरी दाङ क्षेत्र नं १, श्रम, रोजगार तथा सामाजिकमन्त्री शेरबहादुर कुँवरले अछाम–१ बाट उम्मेदवारी दिएका  छन् ।
 
पार्टीका नेता किसान श्रेष्ठ  बारा क्षेत्र नं ४,  कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं २, विरोध खतिवडा मकवानपुर क्षेत्र नं २, श्रीनाथ बराल कास्की क्षेत्र नं २,  रामकुमारी झाँक्री  गुल्मी क्षेत्र नं २, सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नं २, राजु गुरुङ रुपन्देही क्षेत्र नं २, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख क्षेत्र नं १, भानुभक्त जोशी बझाङ, प्रेमबहादुर आले डोटीबाट उम्मेदवारी दिने भएका छन् गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको थियो ।