काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएको बेला एमाले प्रवेश गर्ने र परित्याग गर्ने क्रम चलिरहेको छ ।
नेकपा एमालेका नेतृ तथा निर्वतमान प्रतिनिधिसभा सदस्य गंगा सत्गौवा थारूले एमाले परित्याग गरेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा गरेकी चौधरीले आफू स्वतन्त्र उम्मेदवारको रुपमा जनतामाझ जाने बताएकी छन् ।
विहीबार फेसबुकमा एक स्टाटस लेख्दै गंगा सत्गौवा थारूले टिकट नपाएपछि दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन् ।
उनले लेखेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’
यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा सत्गौवा दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।