खोला तर्ने क्रममा बगेर बेपत्ता भएका बालकको शव फेला



त्रिशूली । मामाघर जान निस्किएका ककनी गाँउपालिका–२ का चार वर्षीय बालक श्रेयान घिमिरे मृत भेटिएका छन् । यही बिहीबार खोला तर्ने क्रममा बगेर बेपत्ता भएका श्रेयानको शव नेपाल प्रहरीले ककनी गापा–१ स्थित नुवाकोट र काठमाडाैँको सीमाक्षेत्र ठाडो खोलामा भेट्टाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनको अनुसार ककनी–१ सिमटारबाट बिरुवातर्फ ससुराली जाने क्रममा शिवराम घिमिरेले चलाइएको बा ८० प ७९७० नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उहाँको चार वर्षीय छोरा श्रेयान र आठ वर्षीया छोरी वेबिसा घिमिरेलाई कोल्पुखोलाले बगाएको थियो ।


बेबिसालाई घटना लगत्तै घाइते अवस्थामा उद्धार गरे पनि उपचारको क्रममा निधन भएको थियो भने श्रेयानको शव शुक्रबार साँझ भेट्टिएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक तथा उक्त बच्चाको बुबा शिवराम घिमिरे सामान्य घाइते भएका थिए ।