कम्बोडियाका केही भागमा भीषण बाढी, चारको मृत्यु



कम्बोडियाका केही भागमा भीषण बाढी आएको यसमा परी कम्तीमा चार जनाको मृत्यु भएको प्रधानमन्त्री सम्देच टेको हुनसेनले शनिबार बताएका छन् । वर्षाका कारण आएको बाढीले धेरै प्रभावित परिवारहरूलाई उच्च जमिनमा स्थानान्तरण गर्न बाध्य पारेको हुनसेनले बताएका छन् ।

बाढीले १ लाख ५१ हजार ४१२ हेक्टर धानबाली र ४१ हजार २४ हेक्टर अन्य बाली डुबानमा परेको उनले बताए । ‘कतिपय ठाउँमा पानी घटेको छ, तर कतिपय ठाउँमा बढेको छ र मौसम पूर्वानुमानका अनुसार अझै केही वर्षा हुने छ,’ हुनसेनले भनेका छन् । ‘यद्यपि स्थिति नियन्त्रणमा छ।’ उनले जानकारी दिए ।


उनले उपप्रधानमन्त्री तथा अर्थ तथा अर्थमन्त्री तथा कार्यवाहक कृषि, वन तथा मत्स्यमन्त्री अन पोर्नमोनिरोथलाई धानबाली र अन्य बालीमा भएको क्षतिको मूल्याङ्कन गर्न निर्देशन दिएको बताइएको छ । पानी घटेपछि किसानलाई बिउ रोप्नका लागि बिउ तयार गर्न निर्देशन दिनु भएको छ ।

दक्षिणपूर्वी एसियाली यस राष्ट्रमा बाढी सामान्यतया हरेक वर्ष अगस्ट र अक्टोबरको बीचमा आउँने गरेको पाइन्छ । गत वर्ष, अचानक आएको बाढीमा परी ११ जनाको ज्यान गएको थियो । यस बाढीको कारण एक लाख ७२ हजार दुई सय ९७ जना मानिसहरु विस्थापित भएका आधिकारिक समाचारले जानकारी दिएको थियो ।