ओलीले सर्वसाधारणसँग गरे ४ घण्टा टेलिफोन संवाद



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सर्वसाधारणसँग चार घण्टा टेलिफोन संवाद गरेका छन् ।

टेलिफोन संवादपछि अध्यक्ष ओलीले कुरा गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, कल केपी बा कार्यक्रममा मैले करिब चार घण्टा टेलिफोन संवाद गरें । तपाईंहरुसँग भएका कुराकानीले म उत्साहित छु। दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ। म क्रमैसँग कुरा गर्दै जानेछु ।’


अध्यक्ष ओलीले आफूसँग संवाद गर्न इच्छुक नागरिकसँग बुधबार नाम र नम्बर टिपाउन आव्हान गरेका थिए। दुई दिनमा करिब १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए ।

अध्यक्ष ओलीले गोलाप्रथाबाट छान्दै सम्पर्क गरेका थिए। पूर्वनिर्धारित कार्यक्रम अनुसार नै शुक्रबार दिउँसो नागरिकका प्रश्नको जवाफ दिन सुरु गरेका थिए।