काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहको कदमलाई लिएर नेता डा. भीम रावलले पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन् । साहले एमालेको टिकट त्यागेर आफ्ना समर्थकसहित स्वतन्त्र उम्मेदवारी दिएपछि नेता रावलले सामाजिक सञ्जालमार्फत अध्यक्ष केपी शर्मामाथि प्रश्न उठाएका हुन् ।
एक टेलिभिजन अन्तर्वातामा अध्यक्ष ओलीले नेता साहको क्रियाकलाप पहिल्यैदेखि संदिग्ध रहेको बताएपछि रावलले त्यसको जिम्मेवार स्वयं ओली भएको संकेत गरेका हुन् ।
रावलले भनेका छन्, प्रभु साहाको ’विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।’हरियो सर्प’ भनेको पनि आयो।’संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ’संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’