राष्ट्रपति नायब बुकेले सात महिना अघि आपराधिक समूहहरू विरुद्ध “युद्ध“ घोषणा गरेदेखि हालसम्म एल साल्भाडोरमा प्रहरीले ५५ हजार भन्दा बढी कथित गिरोहका सदस्यहरूलाई पक्राउ गरेको छ ।
सरकारले वारेन्ट बिना नै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपतकालीन अधिकार दिएको गत मार्चदेखि अहिलेसम्म गिरोहका ५५ हजार भन्दा बढी पक्राउ गरिएको मन्त्री गुस्ताभो भिल्लाटोरोले बताएका छन् ।
कुल ६५ लाख जनसङ्ख्या रहेको देशमा विद्रोही गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम बढ्दो छ । “हामीले (संगठित अपराध विरुद्ध) युद्ध जित्दैछौं र यी आतङ्ककारीहरूलाई पक्राउ गर्न हरेक दिन हजारौं प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौं,“ भिल्लाटोरोले उल्लेख गरेका छन् ।
प्रहरी र सैन्य बलहरूले १, ६४४ थान बन्दुक, २,०२६ सवारी साधन, १२,८४२ सेल फोन र १२ लाख मिलियन डलर बरामद गरेको बताइएको छ ।
कैदीहरूको बढ्दो सङ्ख्यालाई लक्षित गर्दै साल्भाडोरका न्यायिक अधिकारीहरूले देशको मध्यभागमा रहेको ग्रामीण क्षेत्र टेकोलुकामा ४० हजार अट्न सक्ने क्षमताको जेल निर्माण गरिरहेका छन् । उक्त डिटेन्सन सेन्टर यस वर्षको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।