एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)



काठमाडाैँ । नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलको अन्तिम टुंगो लगाएका हुन् ।

शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।


तालमेल अनुसार एमालेले ३५ सिट र जसपाले १७ सिट पाउने गरी सहमति भएको छ ।

तालमेल भएका क्षेत्रबाहेक अन्यत्र दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

No photo description available.