इटलीका दुवै सदनको नेतृत्व चयन गरिएको छ । माथिल्लो सदनका लागि अध्यक्ष र तल्लो सदनका लागि सभामुख चयन गरिएको हो । दुई पटक मन्त्री भइसक्नुभएका प्रभावशाली नेता लोरेन्जो फोन्ताना तल्लो सदनको सभामुखमा शुक्रबार निर्वाचित भएका छन् ।
त्यसैगरी माथिल्लो सदन सिनेटको अध्यक्षमा भने इग्नाजीयो ला रुसा अघिल्लो दिन विहिबार नै निर्वाचित भएका थिए । सभामुखमा निर्वाचित फोन्तानाले २२२ मत प्राप्त गरेका थिए । संसदमा सभामुख चयनका लागि भएको चौथो पटकको मतदानबाट २५ मत बढी प्राप्त गरी ४२ बर्षीय फोन्ताना सभामुखमा निर्वाचित भएका हुन् । उनले यसअघि युरोपेली मामिला मन्त्री र परिवार तथा अपाङ्गतासम्बन्धी मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।
सिनेट अध्यक्षमा निर्वाचित ७५ बर्षीय ला रुसा भने यसअघि रक्षा मन्त्री भएका थिए । ब्रदर्स अफ इटली पार्टीका नेता थिए । उनले १२ मत बढी ल्याएर जित हासिल गरेका हुन् । उनले ११६ मत पाएका थिए ।