अदालतले साढे दुई करोड जरिवाना सुनाएका बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ



काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय ब्रजेश उपाध्याय छन्।

उच्च अदालत पाटनले साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । उनलाई २ महिना १५ दिन कैदको सजायसमेत तोकेको थियो।


अदालतको उक्त फैसलापछि फरार हुँदै आएका उनलाई नक्सालबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।