५४८ जना उम्मेदवारको नाम समानुपातिकको बन्द सूचीबाट हटाउने आयोगको निर्णय



काठमाडौँ । निर्वाचन आयोगले दलहरुले पेश गरेको बन्दसूचीमा रहेका तर जरिवाना नबुझाएका ५४८ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको जानकारी दिएको छ ।


आयोगले जरिवाना बुझाउन शनिबारसम्मको समय दिएको थियो ।