सेयर बजारमा दाेहाेराे अंककाे गिरावट  



काठमाडौँ । शेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ । बुधबार शेयर बजार परिसूचक नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ ।


सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।