सभामुख पेलोसीका श्रीमान्को सफल शल्यक्रिया



अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमान्को टाउकोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीमाथि हथौडी प्रहार गरेको थियो ।

टाउको र हातमा गम्भीर चोट लागेका उनलाई जुकरवर्ग सान फ्रान्सिस्को जनरल अस्पताल भर्ना गरिएको थियो । आक्रमणकारीले उहाँलाई बाँध्ने प्रयास गरेको थियो । आक्रमणकारी सभामुखमाथि प्रहार गर्न त्यहाँ गएको अनुमान गरिएको छ । उसले सभामुखसँग भेट्न चाहेको बताएको थियो । केबल न्युज नेटवर्कका अनुसार डेभिड डेपेपलाई आगामी मङ्गलबार हत्या प्रयासलगायत फौज्दारी मुद्दामा न्यायाधीशसमक्ष प्रस्तुत गरिनेछ ।


यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणलाई घृणित कार्य भन्दै त्यसको भत्र्सना गरेका छन् । उनले कुनै पनि बाहनामा हिंसा स्वीकार्य नहुने बताएका छन् । अमेरिकामा कुनै पनि किसिमका हिंसालाई स्थान नभएको राष्ट्रपतिले स्पष्ट गरेका छन् ।