सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी



सप्तरी । सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ ।

यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् । यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।