सन् २०२० पछि ओपेकको बैठक बुधबारदेखि भियनामा सुरू हुँदै



सन् २०२० मा कोभिड–१९ को रोकथामका लागि लगाइएको प्रतिबन्धपछि पहिलो पटक अर्को हप्ता भियनामा ओपेकसहितका राष्ट्रका (ओपेक प्लस) कार्टेलको बैठक हुने भएको छ । साउदी अरेबियाको नेतृत्वमा ओपेकका १३ सदस्य राष्ट्र र रुसको नेतृत्वमा रहेका १० सहयोगी राष्ट्रका प्रतिनिधिको सन् २०२० को वसन्त ऋतुपछि बुधबार हुने प्रत्यक्ष बैठक अस्ट्रियाको राजधानीमा पहिलो पटक हुन लागेको हो ।

कच्चा तेलको मागलाई असर गर्ने मन्दीको डरको सामना गर्दै ठूलो उत्पादन कटौतीको अनुमान भइरहेका समय यो भेला हुन लागेको हो । रूसले युक्रेनमाथि आक्रमण गरेपछि मार्चमा तेलको मूल्य प्रतिब्यारेल १४० अमेरिकी डलरपुगेको थियो । तर, पछि मन्दीको डरबीच यो घटेर प्रतिब्यारेल ८० डलरमा झरेको छ ।


‘ओपेक प्लस’को बैठक भियनामा वर्षमा दुई पटक हुने गरेक्को थियो । तर कोरोनाभाइरस महामारीपछि भिडियो लिंकमार्फत हरेक महिना बैठक गरिँदै आएको थियो । सन् २०२० मा महामारीका कारण तेलको मूल्यमा गिरावट आएपछि ओपेक राष्ट्रहरूले उत्पादनमा भारी कटौती गर्ने सहमति गरेका थिए तर गत वर्ष बजारमा सुधार आएपछि उत्पादन बढाउन सुरु गरेको थियो ।