सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)



काठमाडौँ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँटमा सहमति जुटाएको छ । शुक्रबार बिहानदेखि बसेको सत्ता गठबन्धनको बैठकले अबेर राति सिट बाँडफाँट टुंग्याएको हो । जसपा गठबन्धनबाट बाहिरिएपछि केही सिट खाली राखेर चार दलबीच भागवण्डा मिलाइएको हो ।

बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ ।