संघ र प्रदेशसभा निर्वाचन : उम्मेदवारी दर्ता गर्दा १८ प्रतिबद्धता गर्नुपर्ने



काठमाडौँ । आमागी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनय दर्ता आगामी आइतबार गर्नुपर्ने कार्यतालिका छ ।

दल तथा स्वतन्त्रबाट उम्मेदवार बन्नेहरूले मनोनयन दर्ता गर्नुअघि निर्वाचन आयोगले तयार पारेको १८ वटा प्रतिबद्धतामा सहमति जनाउँदै हस्ताक्षर गर्नुपर्ने छ । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारीअनुसार उम्मेदवारले मनोनयनसँगै स्वघोषणापत्रमा पनि हस्ताक्षर गर्नुपर्ने छ ।


उम्मेदवारले मनोनयन पत्रसँगै नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको प्रतिबद्धता जनाउनुपर्नेछ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिले कर, राजस्व, शुल्क, दस्तुर तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने जनाएको छ ।

यस्तै उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको स्वघोषणा गर्नुपर्नेछ।

त्यसैगरी उम्मेदवार हुने व्यक्तिले विदेशको स्थायी आवासीय अनुमति पत्र (डीभी÷पीआर नलिएको हुनुपर्ने जनाएकाे छ ।